पाल्पाको रामपुरमा दलित महिलाले
देवी मन्दिर उद्घाटन गरेको समाचारबाट
खुशी हुँदै सरोवरले आफ्नी सरुलाई
लेखेको रेडियोपत्र संगीत सरोवरको ५१६
श्रृंखला:-
“आत्मीय सरू
बाबाको दलान र आमाको आँगनी चुरोट-
विँडीको खिल्ली रित्त्याउने थलो मात्रै
थिएन । त्यहाँ पँधेरोको चिसो पानी घटघट
पिउँदै मीठो गफ हुन्थ्यो ।
गफगाफमा सामाजिक
न्यायको कुरो हुन्थ्यो । घरका आइमाईलाई
सन्दुकको ताला चावी सुम्पनुपर्छ भन्ने
कुरोमा हाँस्दै तर्क हुन्थ्यो । सासु र
बुहारीवीच विश्वास बढाउने
उपायहरूको विनिमय हुन्थे । हाम्रो गाउँ
त्यही क्षेत्रकै पहिलो र नमूना गाउँ
थियो जहाँ दलितहरू रित्तो गाग्री लिएर
कुवामा पानी भर्ने
मान्छेको प्रतिक्षा गर्दैनथे । उनीहरू आफ्नै
पालोमा पानी उबाएर घर लैजान्थे ।
पछि सशत्र विद्रोह गरिरहेकाहरूले घरमा आए
र भने-”उत्पीडित,
सोशितहरूको मुक्तिका लागि तपाईको
सहभागिता आबश्यक ठान्यौं हामीले ।
तपाई जानुहुन्न भने छोरोलाइ
हाम्रो साथमा पठाउनुस् ।” सरू गाउँमै बसेर
सामाजिक परिवर्तनका लागि बाबाले
खेल्नु भएको त्यो भूमिका के अपर्याप्त
थियो र ? किन डाके त उनीहरूले जङ्गल ? म
सोचिरहेछु ।
यता तत्कालीन सुरक्षाकर्मी घरमा आएर
भन्थे “तपाईले समाजमा सोझा-
सिधाहरूलाई भड्काउने काम गर्नु भो ।
यो कुराले विद्रोहलाई सहयोग पुग्ने देखिन्छ
। आइन्दा त्यसरी जमघट नगर्नु-नगराउनु
होला।”
ए बाबा, सबै समान हौं, भेदभाव कसैले
कसैलाई गर्नुहुन्न भन्ने के विद्रोही सोच हो ?
मैले त्यतिबेलै राज्यसँग र विद्रोहीसँग जवाफ
दिन भनेको थें । मेरो प्रश्नलाई
पनि द्वन्दमा सहभागी एकाथरीले
प्रगतिशिल र क्रान्तिकारि भने ।
अर्काथरीले शान्ति र अमैनचैन विथोल्ने
अभिव्यक्ति । तर, यही कुराले
बाबाको छातीमा दुवैतर्फको बन्दूक
तेर्सिन थालेपछि मैले बाध्य भएर गाउँ
छाडेको थें…….”
सङ्गीत सरोवर-५१६ मा समावेश गीतहरूः
जिन्दगी कहिल्ये दियो भई
जल्छ……………………सुनिता लिम्बु
थेवे
आमा तिंनीहरूले जे सुकै भनुन्
……………………….दीप श्रेष्ठ
सक्दिन म तिमी विना मेरो मन
मनाउन………………निशा देशारsangeet sarowar
Online liten
Post a Comment