Posted by : Unknown Wednesday, July 9

image

1)
एक् मन् चित्त लगाइ चाकरि गर्याँ
खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया
कैल्यै नछुट्न्या गरी।
रोज् रोज् दर्शन पाउँछू चरणको
ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी
ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन्
इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ
नाच्छन् म हेर्छु बसी।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ
चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैं
अनि पछि दिनदिन्
भन्दछन् भोलि भोली
की ता सक्तीन भन्नू कि तब छिनिदिनू
क्यान भन्छन् यि भोलि
भोली भोली हुँदैमा सब घर बितिगो
बक्सियोस् आज झोली

2)
भानुभक्त आचार्य – घाँसी

भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

3)- प्रश्नोत्तरमाला

अपार-संसार-समुद्रमाहाँ
डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ?
चाँडो कृपाले अहिले बताऊ
श्रीरामको पाउ छ मुख्य नाऊ ।।१।।
कुन हो सदा बन्धनमा पर्याको ?
जस्ले छ यो मन् सुखमा धर्याको ।
मुक्ती भन्याको त पदार्थ कुन् हो ?
वैराग्य भन्नू चिज जान्नु जुन् हो ।।२।।
ठुलो नरक् कुन् छ भनेर जान्नू ?
यही शरीरै छ भनेर मान्नू ।
कस्तो स्वभाव् स्वर्ग भनेर जान्नू ?
तृष्णा छुट्या स्वर्ग भनेर मान्नू ।।३।।
कुन् ज्ञान् छ ठूलो भनि लीनु पर्न्या ?
वेदान्तको ज्ञान छ दु:ख हर्न्या ।
कुन् हो सहज् मोक्ष गरायिदीन्या ?
ज्ञान् हो अरूको किन नाम लीन्या ।।४।।
कुन् मूल ढोका छ नरक् कि ? नारी,
लान्छे नरक् मोह ठुलो फिजारी ।
कुन् धर्म हो स्वर्ग पुर्यायिदीन्या ?
तेस्तो अहिंसा छ बुझेर लीन्या ।।५।।
सुत्न्या सुखै पूर्वक आद्मि कुन् हो ?
समाधि लायी रहन्या त जुन् हो ।
जागा कउन् हो कसरी उ जान्न्या ?
जो सत् असत्को छ विवेक गर्न्या ।।६।।
कस्लाइ हो शत्रु भनेर जान्नू ?
आफ्ना दशै इन्द्रिय शत्रु मान्नू ।
कस्लाइ खूब् मित्र भनेर मान्नू ?
जीत्या तिनै इन्द्रिय मित्र जान्नू ।।७।।
दरिद्र नाऊँ नरमा छ कस्को ?
विशाल तृष्णा घरमा छ जस्को ।
कुन् हो धनी सब् नरले कह्याको ?
सन्तोषले जो छ खुसी रह्याको ।।८।।
जिउँदै मर्याको भनि नाम् छ कस्को ?
उद्यम् बिना बित्तछ काल जस्को ।
अमृत्-सरी कुन् छ भन्या ? निराशा
पाशा कउन् हुन् ? ममतै छ पाशा ।।९।।
को छन् सुरा झैँ अति मोह गर्न्या ?
स्त्री जान्नु तस्तै गरि चित्त हर्न्या ।
कस्लाइ विद्वानहरु तुच्छ भन्छन् ?
जो कामदेव्को वशमा रहन्छन् ।।१०।।
मृत्यू भन्याको भन आज कुन् हो ?
अप्यश् भन्याको तिमि जान जुन् हो ।
कुन् हो सबैले गुरु भन्नु पर्न्या ?
जो हो हितैको उपदेश गर्न्या ।।११।।
कुन् शिष्य हो शिष्य भनेर जान्नू ?
जुन् गर्छ सेवा उहि शिष्य मान्नू ।
कुन् दीर्घ रोग् हो सबलाइ हर्न्या ?
संसार हो जन्मनु मर्नु पर्न्या ।।१२।।
यो दीर्घरोग् फेक्न उपाय कुन् हो ?
अनित्य सब् जान्नु विचार जुन् हो ।
भूषण् छ कुन् सज्जनले कह्याको ?
शीलै छ भूषण् बहुतै बन्याको ।।१३।।
कस्लाइ खुब् तीर्थ भनेर मान्नू ?
जुन् शुद्ध मन् हो उहि तीर्थ जान्नू ।
विद्वान् कउन् चिज्कन तुच्छ मान्छन् ?
कान्ता र सुन् त्याज्य भनेर ठान्छन् ।।१४।।
कुन् सुन्न बेस् हुन्छ भनेर मान्नू ?
वेदान्तका बात् गुरुदेखि सुन्नू ।
कन् ब्रह्म जान्नाकन हेतु मान्नू ?
सत्सङ्ग वेदान्त बिचार जान्नू ।।१५।।
कुन् सन्त हुन् ? लोक्कन तुच्छ मान्न्या,
सब् छोडि साँचो शिवतत्त्व जान्न्या ।
ज्वर् कुन् छ ? चिन्ता ज्वर-तुल्य मन्न्या,
कुन् मूर्ख हो ? कत्ति विवेक् नगर्न्या ।।१६।।
कुन् काम हो मन् दिइ गर्नु पर्न्या ?
श्री विष्णुको भक्ति छ दु:ख हर्न्या ।
कुन् आद्मि हो यस् नरमा जियाको ?
दिर्दोषि भै मन् हरिमा दियाको ।।१७।।
विद्या र बोध् कुन् चिजलाइ भन्छन ?
जुन् पाउँदा मुख्य भयी रहन्छन् ।
कुन् मुख्य लाभ् हो ? भन आज तेही ।
आत्मासरीको अरु छैन कोही ।।१८।।
सारा जगत् जित्छ अवश्य कस्ले ?
अभ्यास् गरी मन्कन जित्छ जस्ले ।
कस्ता बली वीर् कन वीर् कहन्छन् ?
कन्दर्प जस्का वशमा रहन्छन् ।।१९।।
कुन् हुन् बडा धीर् सब धर्म जान्न्या ?
स्त्रीका कटाक्षैकन तुच्छ मान्न्या ।
कुन् हुन् ठुला विष ? विषयै कहिन्छन्
ती कालकुटादि बरू सहिदिन्छन् ।।२०।।
कुन् दु:खि हो यस् विषलाई लीन्या ?
संसारमा खुप्सित चित्त दीन्या ।
कुन् धन्य हो ? जुन् छ परोपकारी,
कुन् पूज्य हो ? तत्त्व लिन्या विचारी ।।२१।।
कौनै बखत्मा पनि क्या नगर्नू ?
पाप्मा अगाडी कहिल्यै नसर्नू ।
विद्वान् पुरुष्ले कति काम गर्नू ?
स्वधर्म थामीकन शास्त्र पढ्नू ।।२२।।
साङ्ला कउन् हुन् सबलाइ बाँध्न्या ?
स्त्री हुन् सदा पाउ समाइ-राख्न्या ।
सब् ब्रतहरूमा व्रत मुख्य कुन् हो ?
सब् देखि सानो म छु भन्नु जुन् हो ।।२३।।
क्या जानिईदैन भनेर बक्नू ?
स्त्रीको चरित्रै छ नजानिसक्नू ।
क्या हो सबैले त नछोडि सक्न्या ?
यै हो दुराशा अरू कीन बक्न्या ।।२४।।
कुन् हो पशूतुल्य भनी कह्याको ?
विद्या नभै मूर्ख पडी रह्याको ।
सज्ज्नहरू कस्सित सङ् नगर्नू ?
खल्-पापि-निच्का नगिचै नपर्नू ।।२५।।
कस्ता पुरुष् मुक्त भएर तर्छन् ?
सत्सङ्ग-भक्तीहरु जो त गर्छन् ।
छोटो कउन् हो नजलाइ माग्न्या,
कुन् हो बडो ? जो धनमा नलाग्न्या । २६।।
जन्म्यो कउन् ? जन्मनु फेर् नपर्न्या
मर्न्या कउन् हो ? मरि फेर् नमर्न्या ।
कस्लाइ लाटो छ भनेर भन्छन् ?
जो ता बखत्मा पनि चुप् रहन्छन् ।।२७।।
बैह्रो कउन् हो ? हित बात् नसुन्या
कुन् हो अविद्या मित नारि मान्न्या ।
कुन् तत्त्व साँचो छ भनेर खोज्न ?
साँचा शिवै छन् शिवलाइ रोज्नू ।।२८।।
उत्तम् भन्याको भन आज कुन् हो ?
सज्जनहरूको सुचरित्र जुन् हो ।
कुन् कर्मले शोक्हरू दूर हुन्छन् ?
श्री विष्णुका पूजनले ति टर्छन् ।।२९।।
कुन् शत्रु हुन् खुब् वलवान् भयाका ?
कामादि हुन् सब् नरले कह्याका ।
कुन् हो कसै पूर्ण गरी नसक्नू ?
कामै छ त्यस्तो अरु कीन बक्नू ।।३०।।
कुन् दु:खको मूल भनेर जान्नू ?
मेरो म हुम् भन्नु छ तेहि मान्नू ।
कुन् हो जगत्को गहना बन्याको ?
विद्यै छ सब्को गहना बन्याको ।।३१।।
कुन् सत्य हो सत्य कसोरि जान्नू ?
जुन् प्राणिको हित् छ उ सत्य मान्नू ।
कुन् छाडिदीन्या सुखि हुन्छ भन्छन् ?
स्त्री छाड्न सक्न्या सुखिमा गनिन्छन् ।।
३२।।
ठूलो छ दान् कुन् गरि ताप हर्न्या ?
सब् प्राणिको निर्भय जो त गर्न्या ।
कुन् हो बुझ्यओ निश्चय नाश हून्या ?
त्यो भक्तको मन् छ भनेर जान्न्या ।।३३।।
कस्तो भयामा भय छुट्टि हुन्छन् ?
मुक्तै भयामात्र ति पाप टर्छन् ।
वाण्तुल्य कुन् हो अति दु:ख दीन्या ?
जुन् मूर्खता हो उहि जानि लीन्या ।।३४।।
कस्का सधैं दास् भइ पाउ पर्नू ?
बूढा गुरूमा लगि चित्त धर्नू ।
प्राणान्तका समयमा कति कर्म गर्नू ?
सम्पूर्ण छोडि रघुनाथ्-तिर चित्त धर्नू ।।३५।।
कुन् चोर हो इ जनको भनि चोर जान्नू ?
जुन् वासना त छ असत् उहि चोर मान्नू ।
शोभायमान भयि बस्छ सभाविषे को ?
सब् को प्रसन्न मन गर्दछ शास्त्रले जो ।।३६।।
मातासरी सुख दिन्या कुन चीज् छ जान्नू ?
विद्यै छ त्यस्तो अरु कौन खोज्नू ।
कुन् हो जती-जति दियो उति बढ्न जान्या ?
विद्यै रहेछ बुझि निश्चय तेहि मान्या ।।३७।।
कुन् काम हो अति डरायर दूर सार्नू ?
लोकापवाद् छ घटिया कहिल्यै न धर्नू ।
कुन् कर्म गर्दछ भन्या उहि बन्धु मान्नू ?
आफ्नो सहाय यदि गर्दछ बन्धु जान्नू ।।३८।।
कस्ता मनुष्यकन पित्रि भनेर जान्नू ?
जसले त पालन गर्यो उहि पित्रि मान्नू ।
कुन् चीज जानिकन चीज् रहँदैन जान्नू ?
यो चीज् त नित्य परमेश्वरलाइ मान्नू ।।३९।।
कुन् चीह्निया सकल चीजहरू चिह्निइन्छन् ?
ईश्वर चिह्न्या सकल वाँहि चिह्नी सकिन्छन्

कुन् चीज् रहेछ अति दुर्लभ खोजि हान्नू ?
सत्सङ्ग हो अधिक दुर्लभ तेहि मान्नू ।।४०।।
कुन् त्याग् कहिन्छ ? शिवको सब तत्त्व जान्नू,
कुन् जीत्न सक्नु छ कठिन् ? उ त काम मान्नू ।
कुन् हो पशूसरि भनी नरले कह्याको ?
आत्मा नजानिकन मूर्ख पडी-रह्याको ।।४१।।
अम्मृत्सरी अघि भई पछि वीष बन्न्या,
कुन् हो ? स्त्रि हुन् किन अरू चिजलाइ
भन्न्या ।
कुन् शत्रु हुन् अघि त मित्र सरी रह्याका ?
पुत्रादि हुन् सकल सज्जनले कह्याका ।।४२।।
कुन् चीज् छ चञ्चल यहाँ क्षण एक् घरीको ?
आयुष्य यौवन बुझ्या बिजुली सरीको ।
कुन् दान् ठहर्छ अति मुख्य यहाँ गर्याको ?
जुन् दान् छ पात्रहरुका मुखमा पर्याको ।।४३।।
प्राण् जान खोज्दछ भन्या पनि कन् नगर्नू ?
संसार् अनित्य बुझि पाप् कहिल्यै नगर्नू ।
कुन् हो अघी सरिसरीकन गर्नु पर्न्या ?
पूजा सदाशिबजिको सब पाप हर्न्या ।।४४।।
कुन् कर्म मुख्य भनि सद्गुरुले कहन्छन् ?
जुन् कर्मले त परमेश्वर खुश् रहन्छन् ।
कुन् स्थानमा बसुँ भनीकन दील् नदीनू ?
संसारमा भनि अवश्य चिह्नेर लीनू ।।४५।।
रात् दिन् निरन्तर कतातिर चित्त धर्नु ?
संसार् अनित्त्य बुझि तत्त्व-विचार गर्नू ।

आदिकवि भानुभक्त आचार्य
भानुभक्त आचार्य (जन्म वि सं १८७१ असार २९,
मृत्यु वि सँ १९२५ असोज ६)
नेपाली भाषाका कवि हुन जसलाई
नेपाली भाषाका आदिकवि भनेर चिनिन्छ ।
उनले प्रश्नोत्तर (वि.सं १९१० ), भक्तमाला
(वि.सं १९१०), वधूशिक्षा(वि सं १९१९)
लगायतका कृतिहरू लेखेका छन्। उनले
बाल्मीकीय रामायण लाई नेपाली भाषा
मा अनुवाद गरेका छन्। उनका पाण्डुलिपिलाई
संग्रह गरेर मोतिराम भट्ट ले
पुस्तकाकारमा प्रकाशित
गरेपछि उनी साहित्यमा चिनिएका हुन।

जीवनी

भानुभक्तको जन्म धनञ्जय आचार्य र
धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँ को रम्घा
मा विक्रम सम्वत १८७१ असार २९ गते
भएको थियो । बाजे श्रीकृष्ण आचार्यबाट
शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस
काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न
केही गरी नाम कमाउने प्रेरणा पाएका थिए
भन्ने भनाइ छ।
१९५
वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योत
ि भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण,
अस्थिर वातावरणभित्र रामको आदर्श
सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र
सम्पूर्ण संसारका प्रतीक रागीवन र
मृत्युका प्रतीक रामको राजमहलबाट वनबास
यात्रा लोकहितका निम्ति जस्तो पनि काम
गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे।
हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य
बनेको प्रतिनिधि ग्रन्थ
रामायण को नेपालीमा पुनर्जन्म गराउन सफल
भए भानुभक्त।
नेपाली जगत्मा एकैपल्ट भाषा , साहित्य ,
संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र , मर्यादा,
पितृप्रेम, भ्रातृत्व , दाम्पत्य , कर्तव्य , देशप्रेम ,
जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं
समष्टि भाव प्रदान गरेर भानुभक्तले
आदिकवि तथा नेपालको राष्ट्रिय
विभूति जस्ता सम्मान पाएका हुन्।
भानुभक्तका बारेमा अरू कुरा भन्न र उनलाई
चिनाउन बाँकी पो के छ र ?
मोतीरामका कलमबाट समाजमा मुखरित
भानुभक्त प्रत्येक
लेखकका कलमको टुप्पामा अडिएका छन् जसले
जता घुमाए पनि हुने। जेजस्तो उपाधि दिए
पनि हुने।
नेपाली वाङ्ग्मयका नेपाली लेखक
कविहरूका आधारस्तम्भ भानुभक्तलाई
देशविदेशका अध्येता, समालोचक एवं
अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन्।
नेपाली वाङ्मयमा सागर बनेका भानुलाई
आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले
गाग्रीले उघाएका छन् त कतिले लोहोटा ,
कचौरा, गिलास पञ्चपात्रो , आचमनी जेले
जति पाइयो उघाउने काम भएको छ।
यहा केही पत्रपत्रिका र
भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त
सम्बन्धी/
उनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबा
ट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख
गरिएको छ। शीर्षक र
लेखकका बीचमा केही शब्दहरू राखिएका छन्
त्यो केवल पूर्वापर सम्बन्ध जोड्ने र भाषिक
मिठासका निम्ति भएको हो।
भानुसम्बन्धी रचनाका यहा प्रस्तुत
गरिएका शीर्षकहरू मेरो आफ्नो अध्ययनले
भ्याएसम्म र प्राप्त
भएसम्मका पत्रपत्रिकाहरूबाट उद्धृत
गरिएको छ। शीर्षक प्राप्त
भएका पत्रपत्रिका र अन्य स्रोतहरूको सम्पूर्ण
विवरण यो सानो टिपोटमा दिन सम्भव
देखिएन। यो एउटा सङ्केत मात्र हो।
उदाहरणस्वरूप केही शीर्षकहरू-
कवि भानुभक्तको जीवन चरित्र वि.सं.
१९४८मा प्रकाशित गरेर पहिलोपल्ट
भानुभक्तलाई तनहुँ चुदीबाट झिकिदिएर
बाहिर निकाल्ने काम गरे मोतीराम भट्टले।
अनि मात्र त्यस बेलाको नेपाल
(काठमाडौंं उपत्यका) र वरपर
रामायण का श्लोकसाग भानुभक्त गाइन थाले।
सुब्बा होमनाथ, केदारनाथ,
सर्वहितैषी कम्पनी, बाबू
माधवप्रसाददेखि बम्बै पुस्तक भण्डारसम्म
प्रकाशकहरूले कतै सातकाण्ड त
आठकाण्डका रूपमा अनि कतै
भानुभक्तको रामायण , भक्तमाला र
बधूशिक्षा आदि नामबाट प्रकाशन गरेर
भानुभक्तलाई अझ धेरै व्यापक बनाए। वि.सं.
१९८६ तिरबाट सूर्यविक्रम ज्ञवाली ,
पारसमणि प्रधान जस्ता व्यक्तिहरूले
नेपालबाहिरका विभिन्न
क्षेत्रमा भानुभक्तलाई
यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय
सीमा नाघेर अन्तर्राष्टिय -नेपालीभाषी सबै
क्षेत्रमा) मान्यता पाए। भक्त
भानुभक्तका रूपमा बालकृष्ण समले नाटकीय
अभिनयसहित मञ्चमा उभ्याइदिएपछि २००२
भाद्र २२को गोरखापत्रले
पनि यसरी लेखेको छः 'गौरी शङ्कर
नाट्यसमुदायले भक्त भानुभक्त नाटक देखायो।
भानुभक्तको यौटा श्राद्ध मोतीराम भट्टले
गरेथे। अर्को गौरी शङ्कर नाट्यसमुदायबाट
भयो।'
अनि त्यही दिनको गोरखापत्र ले
टिप्पणी पनि गर्योथ 'अहिलेसम्म
भेट्टाएका पुस्तक र कहानीबाट मात्र स्व.
कवि भानुभक्तको चित्र लेख्न कनि ट।' तर
त्यसैबेला
दार्जिलिङको चौरस्तामा भानुभक्तको मूर्ति
सूर्यविक्रमहरूको सत्प्रयासाबट स्थापित गरेरै
छोडियो। ब्रहृम सम्शेर जबराले
पनि कवि भानुभक्त भनेर लेखेका थिए।
त्यसैबेला भानुभक्तको महत्त्वका रूपमा
सूर्यविक्रम ज्ञवाली ले देखे।
नेपाली साहित्यका इतिहासमा सर्वश्रेष्ठ
पुरुष महाकवि देवकोटाका कलममा घोटिएर
घासीसम्म बन्नपुगे। आदिकवि भानुभक्त
आचार्य लिएर भाइ चन्द प्रधान उभिएकै
बेला भानुभक्तको सच्चा जीवन चरित्र नरनाथ
आचार्यका कलममा अझ तिखारियो।
'भानुभक्ताचार्यको जन्म जयन्ती यही आषाढ
२९ गते मनाउनुहोस्' भनेर गोपाल पाडेले आहृवान
गरेपछि २०१२ सालको भानुजयन्ती भव्यतासाथ
सम्पन्न भयो। 'भानुले रामायण
सिर्जना गरी नेपालीमा एकता ल्याउनुभयो।'
भनी सोही दिन कवि शिरोमणि लेखनाथ
सभापतिको आसनबाट गुन्जिए। उक्त दिन
सरस्वती सदनमा आयोजित भानुजयन्ती
समारोहमा श्री जगदम्बा कुमारीद्वारा भानु
भक्तको प्रतिमा बनाइदिने वचन
दिइएपछि भानुभक्त सचेत सहृदयीहरूमा व्यापक
बन्दैगए।
'नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्'
लेखनाथ पौडेलको त्यस
बेलाको घोषणा आजसम्म सार्थक छ।
नेपाली समाजप्रति आदिकवि भानुभक्तको देन
सम्झिने गोपाल पाँडे,
नेपाली साहित्यमा भानुभक्तको स्थान
खोज्ने कृष्णप्रसाद ज्ञवाली,
भानुभक्तको काव्य साधनामा अलमलिने गणेश
भण्डारी, भानुभक्तको परिचय दिने
ज्योति उपाध्याय, आदिकवि भानुभक्त र
उनको साहित्यिक
साधनको पृष्ठभूमि पहिल्याउने प्रो.ढुण्डीराज
भण्डारी, भानुभक्तलाई
नेपालीहरूमा भाषात्मक एकता स्थापित गर्ने
श्रेय दिने राजेश्वर देवकोटा,
भानुभक्तको गाउः अतीतको सम्झनाभित्र
राख्ने रामचन्द्र न्यौपाने, दुई
जोईको पोइः भानुभक्त निक्र्योल गर्ने
काशीनाथ तमोट, कवि भानुभक्त र
उनका दृष्टिमा नारी उभ्याइदिने राजेन्द्र
सुवेदी, भानुभक्तको कान्तिपुर र
आजको काठमाडौको तुलना गर्ने केशवराज
पिँडाली, भानुको भावना बुझ्ने मुक्तिप्रसाद
आचार्य, भानुभक्त विद्रोही र
रुढिवादी भावनाको समन्वय गराउने
देवेन्द्रराज उपाध्याय, भानुभक्त रामायण बारे
लेखिएका केही कुरा खोतल्ने रामदेव ठाकुर र
नेपाली साहित्यका प्रज्वलित
ज्योति आदिकवि भानुभक्त भन्दै मदन थापाहरू
आएका छन्। एउटा खुलापत्र भानुभक्तलाई लेख्न
पनि हिचकिचाउदैनन्।
राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउन
आदिकवि भानुभक्तको उल्लेखनीय
योगदानको महत्त्व दिनेहरू पनि छन्। इन्द्ररत्न
बज्राचार्यले पनि आदिकवि भानुभक्त
चिनेका थिए। भानुभक्त रामायण को महात्म्य
भागलाई संस्कृत मूलसित दाजेर हेर्दा भनेर डा.
डिल्लीराम तिमसिनाको कलम
तिखारियो। केशवप्रसाद उपाध्याय भानुभक्त
र उनको रामायण को मूल्याङ्कन गर्छन्।
भानुभक्तको देन पाएर नेपाली साहित्य
समृद्धिशाली भन्नेहरू
राष्ट्रभाषा भानुभक्तको देन ठानेर
त्यसैमा रमेका पनि भेटिएका छन्।
आदिकवि भानुभक्त र उनका सर्वश्रेष्ठ
गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, युग
चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ,
केही प्रसङ्ग निकाल्ने डा. सूर्यनाथ, भानुभक्त
जागीरे थिए भनेर औाल्याउने मङ्गलदेव परियार,
भानुभक्त विषयक मतभेद बटुल्ने मोतीवीर राई,
भानुभक्तले कलम किन चलाए ? भन्दै
सोधीखोजी गर्ने श्रीभद्र शर्मा,
भानुभक्तको युगबोध र नैसर्गिक कवित्व
शक्तिसाग जोरी खोज्ने जगन्नाथ त्रिपाठी,
भानुको साहित्यिक योगदानबारे प्रकाश
पार्ने प्रो. यदुनाथ।
भानुभक्तको स्मृतिमा विरह पोख्ने धर्मराज
थापा, व्यंग्यात्मक कवि भानुभक्त भनेर व्यंग्य
गर्ने श्रीप्रसाद पण्डित,
आदिकवि भानुभक्तः केही बुादाहरूमा टिपोट
गर्ने अमरकुमार प्रधान, भानुभक्तीय नेपाल
भाषाः एक विवेचनामा टुंग्याउने विजय
चालिसे, रसभावपूर्ण भानुभक्तभित्र पस्ने नरनाथ
शर्मा, भानुभक्त र
उनको दिग्दारीमा चिन्तित हुने प्रताप
कालिकोटे, भानुभक्तले के गरे त भनेर निहु झिक्ने
इन्द्रदेव सिंह, भानुभक्तका राममा रमाउने
कमला साङ्कृत्यायन र यस्तैयस्तै धेरै कुराहरू धेरै
जनाले देखेका छन् भानुभक्तका कृतित्व र
व्यक्तित्वभित्र। सानुभाइ शर्माले भानुलाई
मान्छेको रूपमा हेर्दा पनि कसैले
अनौठो मानेन। सावित्री सुन्दास
भानुभक्तको जीवनदर्शन पाएर खुसी भइन्।
कोही चाहि भानुभक्तबाट
नेपाली भाषाको उत्थानमा भएको योगदानक
ो कुरा उठाउाछन्। भानु बा नजाती नमान्नु
होला भनेर बेस्सरी गाली गर्नेहरू पनि छन्।
भानुभक्तलाई कतिले राष्ट्रिय
कविको संज्ञा दिएका छन् त
कति चाहि जातीय कवि भन्न मन पराउछन्।
भाषिक कविको उपाधि दिनेहरू पनि छन्। ...
उनका कृतिलाई
नेपालीमा लेखेको दर्शनशास्त्र। गीता/
नेपाली काव्यक्षेत्रको गुरूग्रन्थ
जस्ता पदवी प्रदान गर्नेहरू पनि छन्। नेपाली तब
जगाउने, जातीय भेदभाव मेटाउने, भाषिक
सङ्कीर्णता हटाएर नेपाली भाषालाई सशक्त
राष्ट्र भाषाका रूपमा दरो पार्ने काम
भानुभक्तले गरे।' 'नेपाली भाषालाई निक्खार र
भावमय रूप दिने यिनै पहिला कवि हुन्।'
'आधुनिक
भाषा तथा साहित्यका एउटा महान् जातीय
कवि भानुभक्त हुन्। ... विविध
वर्गका मानिसलाई मिलाउने
एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर
भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे।'
'पण्डितहरूका विरोधमा जनपक्ष लिने
भानुभक्त युगअनुसारका प्रगतिशील थिए।' यस्तै
यस्ता असङ्ख्य उद्गारहरू, अभिव्यक्तिहरू,
श्रद्धाञ्जलि र सद्भावनाहरू व्यक्त भएका छन्
भानुभक्तप्रति।
पहिलोपटक मोतिराम भट्टले भानुभक्तलाई
चिनाइदिएपछि यता आजसम्म जसले जति लेखे
पनि उनै कुरा हुन्। घुमाइफिराई पुरानै कुरालाई
नया रूप दिने काम भएको हो।
आफ्ना पुर्खालाई डोर्यारएर आउने
क्रममा क्रमशः नया पुस्ताका हातमा पुर्याक
इदिनैपर्छ। यतिबेलाको लोकतान्त्रिक
गणतन्त्र नेपालमा 'आधुनिक नेपालका दुई
महापुरुष राष्ट्रनिर्माता श्री ५
पृथ्वीनारायण शाह,
भाषा निर्माता आदिकवि भानुभक्त
आचार्य।' जस्ता भनाइ दोहोर्या उनु
अर्घेलो हुनसक्छ तर योभन्दा राम्रो र धेरै काम
नभएसम्म जनताले त्यति सजिलै बिर्सने पनि छैनन्
र बिर्सनु पनि हुदैन। जसले जे भने पनि भानुभक्त
नेपाली वाङ्मयकै विराट् पुरुष हुन्।
विराट्को व्यक्तित्व र कृतित्व प्रकाश पार्न
अझै विराट कामहरू हुनै छन्। नयानया ढङ्गबाट
उनका बारे व्याख्या र विश्लेषण भइरहनुपर्नेछ।
पछिल्लो जनआन्दोलनका क्रममा धेरै
ठाउमा भानुभक्तका मूर्तिहरू
पनि तोडिएका छन्। भानुभक्तले
गर्दा हाम्रा भाषाहरूको विकास हुन
नसकेको हो भनेर गुनासो पनि धेरैले गरेका छन्।
त्यसकारण गणतान्त्रिक
नेपालमा भानुभक्तलाई कसरी मूल्याङ्कन गर्ने
भन्ने कुरा झन् विचारणीय भएको छ। [४]
बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्प
र सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने
आधार व्यक्ति भानुभक्तको योगदान
आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र
नेपालमा उत्तिकै सान्दर्भिक छ।
भानुभक्तका योगदानको स्मरणसागै सम्मान
गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य
भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान
गर्ने परम्परा विकसित हुदैजानेछ
रामायण १.बाल काण्ड
एक् दिन् नारद् सत्य लोक्
पुगिगया लोक्को हित् गरौ भनि
ब्रम्ह्ना ताहि थिया पर्या चरगनमा खु
सि गराया पनि
क्या सोद्च्हौ तिमी सोध् म भन्च्हु म
भनि मर्जि भयेथ्यो जसै
ब्रम्ह्नाको करुना भुजेर रिसिले
बिन्ति गर्या यो तसै|
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै
सुनि रया छु कछु
बाकि छइन तथा बिसुन्न इछया म
यो गर्द्छु
आउ लाज भयो कलि बखतम
प्रानि दुराच्रार भइ
गर्न्याछन सब पाप्
पनि सरलका निस्काम तिमा गइ|
साच्ह्यो कुरा गरि नकोइ अरुकोइ गर्नन्
त निन्दा पनि
अर्कको धन खानलाई अभिला गर्नन् तद
यो भनि
कोहि जान् परत्रिमा रतहुनन कोही त
हिम्सा महा
दिनइलाई त अत्मा जानि रहलान्
नत्तिक पसु झहि कहा|

4)
ख्वामित् यस्
गिरिधारिले

ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै
गर्यो झेल् पनी,
यस्का झेल उतार्नलाइ सजिलो यै
हो व्यहोरा पनी ।
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक्
कवीता गर्याँ,
मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ
पाऊ-पर्याँ ।।
बीस् साल् सम्म त ज्यान त्यान यहिं वाँद् लाग्यो र खेत् रोपिया,
यो साल् बाँद पनि खोलिएछ जलले ढुङ्गा सबै छोपिया,
ढुङ्गा खोजि लगाउँ बाँद कसरी राख्तैन ढुङ्गा पनी,
मानिस् पस्न त क्वै सकेन जलमा स्वात्तै बगम्ला भनी ।।
अर्ज्याल् भाट ढकाल् अचार्ज इन चार् जम्मा भई सब् वस्यौं,
मील्यो मत् सब मोहिको र मतले बाँद् लाऊनामा पस्यौं,
उस् मौका गिरिधारि एहि पनि भाट् सल्लाहमा नै थियो,
भर् यस्को नभएर मात्र अहिले यस्तो उजुर् पो दियो ।।

5)      छन्द कविता
भानुभक्त आचार्य

भक्तमाला।

प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता ।
सिताराम् भज्न्या छू
विषयहरूमा छाडि ममता ।।
प्रतिज्ञा सो बिर्सीकन जन धनै
खोजि डुलियो ।
सिताराम् भज्न्या हो शिव शिव उसै आज
भुलियो ।।१।।
सिताराम् भज्न्या छू भनिकन
प्रतिज्ञा अघि गरी ।
गयाको होस् आइस् कति दिन भजिस् भन् अघि सरी ।।
यसो भन्नन् ख्वामित् मकन यमराज् तेस् बखतमा ।
कसो भन्नू मैले भुलिकन रह्याँ एस् बखतमा ।।२।।
गयो बालक् काल्को वय पनि उसै बालरसले ।
यसै रित्ले यौवन् पनि बितिगयो मोहवशले ।।
भयो वृद्धावस्था अझ पनि भजींदैन मनले ।
कसो गर्नन् ख्वामित् मकन यमका दूतहरूले ।।३।।
घडी दिन् पक्षै मास् ऋतु अयन यै काल गतिले ।
घट्यो आयू मेरो विषय अझ खोज्दै छ मतिले ।।
कृपानाथ् हे स्वामी अब कसरि संसार तरुँला ।
कृपा राख्या जावस् नतर त अनाथ् बीच परुँला ।।४।।
बडो दुर्लभ् जानोस् भरत भुमिको जन्म जनले ।
सहज् मिल्छन् ठाकुर् हरि भजि लिया शुद्ध मनले ।।
बखत् यस्तो जानी हरिचरणमा मन् पनि धरोस् ।
निरन्तर् श्रद्धाले हरि खुशि हुन्या दान् पनि गरोस् ।।५।।
जगत्मा पृथ्वीका अधिपति बडा दौलाथि थिया ।
मरण्का वेलामा बुझिलिनु ति क्या लीकन गया ।।
निरन्तर यै सम्झी हरि भजि रहोस् शुद्ध मनले ।
परन्तू हक् मर्न्यै छ त बटुलि क्या गर्नु धनले ।।६।।
कडोरन्का मालिक् अघि पनि बडा वीर्हरू भया ।
तिमध्ये जो जो हुन् हरि भजिलिन्या पार् पनि गया ।।
मरण्का वेलामा हरिबिु त क्या भर् छ अरुको ।
शरण् लेला सो नाथ् अधिपति अजामीलहरुको ।।७।।
जगत्मा सब् ढुँड्दै सबकन विचार्या जन पनि ।
बडा हूँ भन्याका घरघर सह्याको धन धनै ।।
रह्या छन् कालैका वश परिरह्याका जन पनि ।
बुझ्याँ मैले सब्को रिपुसरि भयाको पनि मनै ।।८।।
मनुष्यै योनीमा यदि हरि भज्यो ता जन तर्यो ।
अवश्यै फन्दामा हरिकन न भज्न्या पछि पर्यो ।।
जगत्मा यो चाला बुझिकन विचार् गर्नु जनले ।
निरन्तर् ठाकर् को चरणकमलै धर्नु मनले ।।९।।
भजौँला भन्दैमा कति कति बित्यो जन्म जनको ।
मरौँला भन्नाको अझ पनि विचार् छैन मनको ।।
अहो दैवी माया बडि बलवती जानि मनले ।
विचार् गर्दै गर्दै हरि भजिलिनू भक्त जनले ।।१०।।
दया पाऊँ ख्वामित् विनति छ हजुर् का चरणमा ।
नलागुन् पाशा फेर् मकन यमराज् का मरणमा ।।
दयाले पो छुट्छन् सकल जनका दु:खहरु ती ।
उपायै क्यै छनन् कहिँ पनि दया देखि अरु ता ।।११।।
भरोसा ख्वामित् को गरिकन रहन्छू दिनदिनै ।
सहन्छू सब् आपत् जति जति त पर्छन् छिनछिनै ।।
पर्याका पर्न्यै छन् मकन करुणा दूर् हुन गया ।
सहज् मा टर्न्यै छन् मकन करुणा पो यदि भया ।।१२।।
मुरारे ख्वामित् का चरणतलमा मन् न धरि ता ।
बडो दुर्लभ् देख्याँ सकल जनको मुक्ति गति ता ।।
विचार् गर्छू क्यारूँ मन पनि बलैले हरि लिया ।
दशेन्द्री डाँकूले बिच बिच पसी दु:ख् पनि दिया ।।१३।।
न कैल्हे भक्तीले गुरुचरणको ध्यान गरियो ।
न ठाकुर् को पूजा गरि तुलसिको पत्र धरियो ।।
दया भो ख्वामित् को भनिकन भन्या पार तरियो ।
अवश्यै साँचो हो नतर यमका पास परियो ।।१४।।
पुकारा गर्दो छू घडि घडि रुँदो छू चरणमा ।
दया छे ख्वामित् की म त हर घडी छू चरणमा ।।
बिचार् गर्थ्यो क्यारोस् भनिकन दया हुन्छ त पनि ।
झलक् पाइ भुल्न्या होस् भनिकन रिसै हुन्छ त पनि ।।१५।।
जगत् कोइ जान्दैनन् भनु त सबका बात् पनि भन्या ।
पलक् भर् ती योगी अघि सरि बडो ज्ञान कहन्या ।।
उनै काम् गर्छन् ता यमपुरि महाँ चोट मिलन्या ।
अहो यो क्या ले हो बुझिबुझि सबै लोक भुलन्या ।।१६।।
भज्न राम् को ठूलो बुझिकन भजन् गर्नु जनले ।
नभुल्नू कैल्हे यस् विषय सुखमा लागि धनले ।।
अविश्वासी चोला कति रहन जाला बितिगया ।
पछीतो खुप् होला जपतप विवेक् केही नभया ।।१७।।
टहल् ठाकुर्जीको अलिकति यहाँ केहि नगरी ।
गभीर् संसार् सागर् सहजसित पार् पुग्नु कसरी ।।
टहल् ठाकुर्जीको गरि लिन सक्यादेखि तरियो ।
विपतका खानीमा नतर सहजै फेरि परियो ।।१८।।
अनाथ् को नाथ मै हूँ भनिकन हँसीलो मुख गरी ।
हरूँ यस् का पाप् ताप् भनिकन अगाडी पनि सरी ।।
कृपादृष्टी नाथ्ले यदि दिनु भया तर्छु अहिले ।
कृपादृष्टी वाहेक् तप गरि त पार् तर्छु कहिले ।।१९।।
अवीवेकी मूढो त्रुभुवनविषे को छ म सरी ।
बिताञाँ व्यर्थै यस् विषयरसमा जन्म यसरी ।।
कउन् ठूलो चिज् हो विषयरस यस् पाजि रसमा ।
दिञाँ मैले यो मन् बुझिबुझि पर्या मोहवशमा ।।२०।।
जगत् मा खुप् धाञाँ न त सुफल पाञाँ कहिं रती ।
तपस्याको हानी हुनकन गयाको कहुँ कती ।।
तपस्या गर्न्या काल् अघि बिति गयो क्यारुँ अहिले ।
यसै योनीमा पार् सहज न तर्या तर्नु कहिले ।।२१।।
कटीको पीताम्बर् करकमलका ककणहरू ।
किरीट् कुण्डल् कौस्तुभ् तुलसि वनमालाहरु अरू ।।
बलैले सम्झन्छू दृढ नरहन्या एक् क्षण पलक् ।
कउन् दिन् मा देख्छू प्रभु हजुरको सुन्दर झलक् ।।२२।।

6) कान्तिपुरी नगरी

चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ।।
यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ,
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी ।।
कहिँ भोट - र लण्डन - चीन - सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी ।
लखनौं - पटना - मदरास - सरी
अलकापुरि कान्तिपुरी नगरी ।।
तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी ।
अतिशूर - र - वीर - भरी नगरी,
छ त कुन्- सरि कान्तिपुरी नगरी ।।
रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी ।।

7)
रोज् रोज् दर्शन पाउँछू

रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।
जागिर् छैन धनी म छैन घरको केबल् कुदालो खनी,
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान् पाउँला की भनी ।
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -