रेडियो नेपाल प्रस्तुत गर्दछ रेडियो पत्र "संगीत सरोवर "
समय वुधबार राति 9:15
रेडियो: radio nepal
"असार महिना र द्विशतवार्षिकी परेकोले आफू
व्यस्त भएको प्रसङ्ग र हाम्री नेपालीले भानु
जयन्ती भव्यरूपले किन मनाउनुपर्छ भन्ने
कुराको पुष्टी गर्दै सरूले आफ्नो प्यारालाई
लेखेको पत्र समवेश गरी राजधानीबाट सरोवरले
आफ्नी रानीलाई सम्बोधन गरेको पत्र समावेश
रेडियो पत्र सङ्गीत सरोवरको ५२० औं
श्रृङ्खला …………"
-sarowar
"“………. सरू ! तिमीले मेरो पत्रको उत्तर लेखेर
पठाएकाले यसपाली तिमी सञ्चै छ्यौ भन्ने
कुरामा अनुमान लगाइरहन परेन । हुन त
यो चिठ्ठीमा बाबा-आमा र
सिङ्गो बस्तीकै बारेमा केही उल्लेख छैन ।
नभएता पनि मैले सरासर सम्झें कि त्यहाँ सबै
जनालाई राम्रै छ । नभएको भए लेख्थ्यौ नि,
होइन र ?
यता जिउज्यानलाई राम्रै छ । आज
बिहानैदेखि झरीले निकै बेरसम्म धर्ती टेकी र
शीतलता छाडेर गई । दिँउसो थोरै
समयका लागि घामलाई
पालो दिएको बादलले
फेरि पनि पानी खन्याउने सुरसार गर्दैछ ।
सायद बेलेसीहरूले बाहिर झरझर तापताप तुपतुप
गरेर हल्लाखल्ला गरिसके होलान् । म त अघिनै
स्टुडियो भित्रको, माइक्रफोन
अगाडि बसिसकेको छु ।
खुशी लाग्यो उता झमझम
झरी परेको वबेला तिमीले सरोवरलाई पत्र
लेखेकी रहिछ्यौ-……………”"
-sarowar
Listen online episide 520
Download:download episode 520
यस अंक मा तपाईको कुनै प्रतिक्रिया भए फेसबुक मा पनि कमेन्ट गर्न सक्नुहोस् ।
माथिका सम्पूर्ण तथ्यांक संगीत सरोवर बाट साभार गरिएका हुन ।
Related Posts :
- Back to Home »
- sangeet sarowar »
- Sangeet sarowar 520(2071-03-25/09-03-2014)
Post a Comment