Posted by : Unknown Thursday, June 19

image

Sangeet Sarowar# 517
सरूका विद्यार्थी भाइबहिनीहरूले
प्रवेशिका परीक्षामा राम्रो अंक ल्याई
पास गरेको सुखद समाचार,
एसएलसी परीक्षामा बढी विद्यार्थीहरूले
पास गर्न नसक्नुको कारण, असफल हुनेहरूलाई
फेरि प्रयास गर्नु र एसएलसी परीक्षालाई
समाजले हेर्ने र व्याख्या गर्ने
मानसिकताको चिरफार सहित सरूले
सरोवरलाई लेखेको पत्र समावेश
गरी असारको झरीमा आफ्नी मायालुलाई
सम्झँदै सरोवरले सम्बोधन गरिएको सङ्गीत
सरोवरको ५१७ औं सृखला…….
“सरू, यस्तै असारे
झरीको कुरा सम्झाउँछु ल तिमीलाई ।
तिमीले
खोला किनारको एउटा ढुङ्गामाथि
मैले ओढिरहेको छाता सुस्तरी हटाउँदै
भनेकी थियौ “सरोवर, तिमीसँगै
हुँदा एउटा रहर पुरा गर्नु छ । आज
बेस्सरी रूझौं न हुन्छ ?”
‘सरू, तेसो नगर । सर्दी लाग्छ।”
“तिम्रो तातो छातीमा सेकुँला नि
सर्दी, खै कुरा बुझेको लाटा ?”
अनि तिमी हाँस्दै मतिर हुत्तिन
आइपुगेकी थियौ । दहमा हाम फालेझैं
हठात् तिमीलाई
सम्हाल्दा मेरो हातबाट फुत्किएर
छाता निकै पर पुगेको’थ्यो । अनि,
त्यसपछि बाक्लो झरीले
भिजेका तिम्रा केशका पानीहरू
मेरो छाती भएर बगेका थिए,
निकैबेरसम्म ………..
सङ्गीत सरोवर-५१७ मा समावेश गीतहरूः
वर्षातको मौसम रिमझिम
रिमझिम ………………………नेपथ्य समूह
यस्तै हो जिन्दगी, हार
नमान ……………………………….ममता
दिपविम र नागेन्द्र श्रेष्ठ
चिता माथी जल्नु
भन्दा अलि चाँढै आउनु
प्रिय ………………मिलन अमात्य
Episode 517
click here to download

श्रोत: संगीतसरोवर

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -