Posted by : Unknown Friday, June 20

1
~~~~~~~~~~ गजल
~~~~~~~~~~~
आमा हो कि राक्षसनी घाँटी अँठ्याइ
मारियो
दुध चुस्न नपाउँदै
खोलामा लगी फालियो
खै मुटु हो कि ढुङ्गा हो विचरा अवोध
शिशु
खोला किनारामा देख्दा देख्नेको मन
पाछियो
सँधैझैं
नाङ्गो रातमा कस्तो तिम्रो प्रेमालाप
समाजले
कुरा काट्दा जिन्दगी तिम्रो नाङ्गियो
धिक्कार छ
तिमी आमा कस्तो तिम्रो यौ इच्छा
तिम्रो त्यो जिन्दगीमा कति पुरुष
साटियो ?
तिम्रो त्यो कुकर्म पाप लुकाएर लुकिएन
त्यो कठघरामा आज आखिर
तिमी जाकियो ।
- © मानन्धर अभागी ।
# ManandharAbhagi
# गजल # Gajal # नेपालीगजल
# NepaliGajal

मानन्धर अभागी

2
~~~~~~ गजल ~~~~~~~~
युद्घ गर्न मेरा गजल तम्तयार छ
लाचार भै दुश्मन हटेको समाचार छ
जसले चौकीदार गर्छ
माया प्रितिमा मात्र न भै
यो देशको रखवाला सच्चा वफादार छ
जाइ लाग्न सोची हेर एकपटक फेरिपनि
छुने कोशिश नगर्नु लाग्ने धारिलो धार

जो जसको आँखाको कसिङ्गरै भएपनि
थोरै समयमा आज गजल चमत्कार छ
सोच्दै नसोचेको यहाँ गजलले छलाङ्ग
मार्दा
जताततै आजकाल ‘गजल’ दम्दार छ ।
- © मानन्धर अभागी ।
# ManandharAbhagi

फेसबुक

☛ मिति २०७१ जेष्ठ ३१ गते अभिनव
साहित्य समाजको मासिक
साहित्यिक कार्यक्रममा वाचन
गरिएको गजल ।
3~~~~~~~~~ गजल ~~~~~~~~~
तिमीले र मैले खाने भात फरक भएनी
चपाउने एउटै हो दाँत फरक भएनी
लाटी भन्छिन् मलाई हो मैले जानिन
होला
आखिर मुख यौटै हो वात फरक भएनी
हामी सबै मान्छे नै हौं के
यस्मा शंका छ र ?
रगत रातै हुन्छ हो जात फरक भएनी
तिमीले र मैले देख्ने सपना यौटै नहोला
सपना सपनै हुन्छ रात फरक भएनी
दाह संस्कार गर्छ नै नेपालीको परम्परा
आखिर दाउरा त्यही हो घाट फरक
भएनी ।
- © मानन्धर अभागी ।
# ManandharAbhagi

फेसबुक

4
~~~~~~~~~ गजल ~~~~~~~~~
आज राष्ट्रले दिवस मनाउनु अघि
संविधान देउ मलाई जलाउनु अघि
पाँच पाण्डव तिमीहरू म कस्की हुँ भन्ने
पहिचान देउ मलाई बताउनु अघि
गर्भ बोकाइ तिमीहरू घाँटी ङ्याक्न
खोज्दैछौ
कोखबाट यो शिशु जन्माउनु अघि
सास बाँकी होला ढुकढुकी छामी हेर
लाशमाथि त्यो कात्रो ओढाउनु अघि
दागवत्ती दिने को ?
मेरो पहिलो यो प्रश्न
जिउँदो यो लाश उठाउनु अघि ।
- © मानन्धर अभागी ।
# ManandharAbhagi

image

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -